अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २५, शनिबार १८:१२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा पार्टीको जित सुनिश्चित गराउने तर्फ ध्यानकेन्द्रित गर्न पार्टीपंक्तिलाई आह्वान गर्नुभएको छ । आजबाट भक्तपुरको गट्ठाघरमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले पार्टीमा अरू पार्टीबाट प्रवेश गर्नेहरूको लहर ल्याउने र आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित हुने गरी जनताको बीचमा पुग्न पार्टीका नेता–कार्यकर्तालाई आह्वान गर्नुभयो ।

उहाँले जनता आफ्नो पार्टीको साथमा रहेकाले आउँदा निर्वाचनमा विजयी हुनका लागि पार्टीले कुनै पनि मोर्चाबन्दी गर्नु नपर्ने जिकिर गर्नुभयो । यसैबीच, बैठकले पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार बोहोरालाई चयन गरेको छ । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बोहोरालाई परिषद्को अध्यक्ष चयन गर्ने प्रस्ताव गर्नुभएको थियो ।

बोहोराले आज नै केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सल्लाहकार अध्यक्षको शपथ समेत लिनुभएको छ । यस्तै बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति तय गरेको छ भने एमालेले स्थायी कमिटी र पोलिटब्युरो समेत गठन गर्ने छ । त्यस्तै सबै जनवर्गीय सङ्गठनहरुले फागुन मसान्तसम्म अनिवार्य अधिवेशन गर्नुपर्ने निर्णय पनि एमाले केन्द्रीय कमिटी बैठकले गरेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार