अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २५, शनिबार १८:०७

काठमाडौं । काँग्रेस महाधिवेशनमा उम्मेद्वारी दिने क्रम सुरू भएको छ । सभापति पदको लागि काँग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेद्वारी दिनुभएको छ । देउवाको प्यानलबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बनेका छन् । यस्तै महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार भएका छन् ।

१४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई साथ दिनुभएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफ्नो तर्फबाट महामन्त्रीमा पौडेललाई अघि सार्नुभएको हो । देउवा समूहबाट महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे, दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव, खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर रहेका छन् । यस्तै थारु तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी, मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाही उम्मेदवार बन्नुभएको छ ।

सभापति पदमा उपसभापति विमलेन्द्र निधिले पनि उम्मेदवारी दर्ता गराउनुभएको हो । निधिको प्यानलबाट उपसभापतिमा दिव्येश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै, सभापतिमा उम्मेद्वारी दिनुभएका कोइरालाको प्यानलबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा रहेका छन् । सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट वकिल मियाँ उम्मेदवार बनेका छन् ।

यस्तै नेता प्रकाशमान सिंहको पनि सभापतिमा उम्मेद्वारी परेको छ । सिंहको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा शर्मा रहनुभएको छ । यसैगरि गोरखाका युवराज न्यौपानेले पनि सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको छ । सदस्य पदमा पनि आ आफ्नो प्यानलबाट नेताहरुले उम्मेद्वारी दिएका छन् । काँग्रेसमा पर्सि २७ गते मात्रै मतदान हुने छ ।

भोली भने उम्मेद्वारी फिर्ता लिने तथा दाबी बिरोधको लागि समय राखिएको छ । १४ पदाधिकारी सहित काँग्रेस महाधिवेशनले १ सय ६८ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छ । जसका लागि देशभरका नेताहरू काठमाडौंमा जम्मा भएका छन् । प्रवक्ता शर्मा लामो समय सभापति शेरबहादुर देउवाको प्यानलमा रहेका थिए । केही महिनाअघि नै महामन्त्रीमाा उम्मेदवारी घोषणा गरेका शर्माले देउवा पक्षको प्यानलमा पर्न नसकेपछि शेखर कोइरालाको प्यानलमा बस्ने पहल गरेका थिए । तर, त्यो पनि सम्भव नभएपछि उहाँ अन्तिममा सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्नुभएको हो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार