अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २५, शनिबार ०९:४२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलन आज हुँदैछ । सात भौगोलिक,उपत्यका विशेष प्रदेश र सम्पर्क प्रदेश समिति गरी ८ वटा सम्मेलन सुरु हुन लागेको माओवादीको केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे सम्मेलनको भर्चुअल उद्घाटन गर्नुहुनेछ ।

उद्घाटन सत्र सकिएलगत्तै बन्दसत्र सुरु हुने उहाँले बताउनुभयो । त्यसपछि निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ । प्रदेश समिति अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन् । माओवादीले यसअघि यही मङ्सिर ११ गते पालिका सम्मेलन सम्पन्न गरेको थियो । माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार