अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २४, शुक्रबार १८:०७

काठमाडौं । भारतीय जनता पार्टी भाजपाका नेता हर्ष वद्र्धनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सुदृढ र स्थिर नेपालको पक्षमा रहेको बताउनुभएको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै हर्ष वद्र्धनले भूकम्प र कोरोना महामारीको समयमा भारतले सहयोग गरेको स्मरण गर्नुभयो ।

नेपाल र भारतका प्रधानमन्त्रीबीच पछिल्लो पटक दुई पटक सम्वाद भएको भन्दै उहाँले मोदी सुदृढ, स्थिर र मजुबुत नेपालको पक्षमा रहेको बताउनुभयो । उहाँले एउटा पार्टीको महाधिवेशनमा देशका सबै दलका प्रमुख नेताहरुको उपस्थिति आफूले अन्य देशमा नदेखेको धारणा राख्नुभएको थियो । एमालेको महाधिवेशनमा प्रधानमन्त्रीले चार घण्टासम्म बसेको आफूले देखेको भन्दै उहाँले विश्वका सबैका राजनीतिक दलहरुका लागि यो साचो अर्थमा प्रेरणा लिन लायक उदाहरण रहेको पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार