अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २३, बिहीबार १९:१२

काठमाडौं । अफगानिस्तानले नेदरल्यान्ड्सविरुद्ध तीन एकदिवसीय क्रिकेट सिरिज खेल्ने भएको छ । अफगानिस्तानले नेदरल्यान्ड्सविरुद्धको सिरिज कतारको दोहामा आगामी जनवरीमा आयोजना गर्ने अफगानिस्तान क्रिकेट बोर्डले जनाएको छ ।

बोर्डका अनुसार पहिलो खेल जनवरी २१, दोस्रो २३ र तेस्रो तथा अन्तिम खेल जनवरी २५ तारिखमा हुनेछ । तीनवटै खेल एसियन टाउन क्रिकेट एकेडेमी स्टेडियममा हुने पनि बोर्डले जनाएको छ । सिरिज एकदिवसिय सुपर लिग अन्तर्गतको हुनेछ जुन सन् २०२३ को विश्वकपको छनोटको रुपमा समेत रहनेछ ।

अफगानिस्तानले जनवरी र फेब्रअरीकोबीचमा जिम्बावेविरुद्धको सिरिज समेत खेल्ने तालिका रहेको छ । सन् २०२३ सम्म अफगानिस्तानले अष्ट्रेलिया र पाकिस्तानविरुद्धको सिरिज आयोजना गर्नेछ भने भारत, बङ्गलादेश र श्रीलङ्काको भ्रमण गर्नेछ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार