अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २३, बिहीबार १८:४०

काठमाडाैं ।  राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन बुझाएको छ । राष्ट्रपति भण्डारीलाइ भेटेर आयोगका अध्यक्ष तपबहादुर मगरले आज आयोगको २०७७/७८ को वार्षिक प्रतिवेदन बुझाउनुभएको हो । आयोगले नेपालको संविधानको धारा २ सय ९४ बमोजिम प्रतिवेदन बुझाउने व्यवस्था छ, सोही व्यवस्था अनुसार आयोगले प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले समाजमा अझै पनि जातीय विभेद, महिला हिंसा, बोक्सीको आरोपमा कुटपिट तथा अमानवीय व्यवहार, छाउपडी जस्ता मानव अधिकार उल्लंघनका घटनाहरु भइरहेको बताउँदै यस प्रकारका घटनाहरू दोहोरिन नदिनका लागि आर्थिक उन्नति, शिक्षा तथा चेतना अभिवृद्धिमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

प्रतिवेदनमा आर्थिक वर्ष २०७७–२०७८ मा आयोगमा परेका उजुरीहरू, उजुरीउपर भएका छानविन तथा अनुसन्धान विवरण, नेपाल सरकारलाई गरिएका सिफारिसहरुलगायत मानव अधिकार संरक्षण र सम्वद्र्धनमा आयोगबाट वर्षभरि भएका कार्यहरू उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार