अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २३, बिहीबार १८:३६

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको सङ्ख्या थप गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले यसअघि सात जना रहने भनिएको पदाधिकारीको सङ्ख्या बढाएर ९ पु¥याएको हो । प्रदेश पदाधिकारीमा अध्यक्ष– १, उपाध्यक्ष– ३, सचिव– १, सहसचिव– ३ र कोषाध्यक्ष– १ जना रहने बैठकबाट निर्णय भएको पार्टी प्रवक्ता कृष्ण बहादुर महराले बताउनुभयो ।

उहाँले प्रदेश समितिमा रहने सदस्यको सङ्ख्या पनि थप गरिएको जानकारी दिनुभयो । जसमा न्यूनतम आधार सङ्ख्या १ सय ७५ मानिएको छ। जसमा प्रदेश र सङ्घीय निर्वाचन क्षेत्रलाई आधार मानेर सङ्ख्या निर्धारण गरिने प्रवक्ता महराले बताउनुभयो।

प्रदेश १ मा १ सय ७५ र ८४ गरी २ सय ५९, प्रदेश २ मा १ सय ७५ र ९६ गरी २ सय ७१, बागमति प्रदेशमा १ सय ७५ र ९९ गरी २ सय ७४ हुने भए पनि बिजोर अङ्क राख्न २ सय ७५ कायम गरिएकोछ ।गण्डकी प्रदेशमा १ सय ७५ र ५४ गरी २ सय २९, लुम्बिनी प्रदेशमा १ सय ७५ र ७८ गरी २ सय ५३, कर्णाली प्रदेशमा १ सय ७५ र ३६ गरी २ सय ११, सुदूरपश्चिम प्रदेशमा १ सय ७५ र ४८ गरी २ सय २३जना सदस्य रहनेछन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार