अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २३, बिहीबार १२:०५

काठमाडौं । भारतमा विनाकसुर ४० वर्ष जेलमा विताएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)लाई भारु पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिन कलकत्ताको उच्च अदालतले पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ । मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजषिर् भारद्वाजको संयुक्त इजलासले तिम्सिनाको खातामा तत्काल भारु पाँच लाख अर्थात नेपाली आठ लाख रुपैयाँ जम्मा गर्न आदेश दिएको हो ।

आदेशअनुसार अबको ६ हप्ताभित्र दीपक जोशीको खातामा बङ्गाल सरकारले रकम जम्मा गर्नु पर्ने छ । यो आदेशले थप क्षतिपूर्तिका लागि असर नपार्ने पनि बताईएको छ । अनाहकमा जेलमा राखिएकै कारण मानसिक रोगी बनेका तिम्सिनाको औषधि उपचारमा समस्या पर्दै आएको थियो । अदालतको आदेशले परिवारलाई राहत महसुस भएको छ । दार्जिलिङकी एक महिलाको हत्या अभियोगमा विना कसुर जेल परेका तिम्सिनाले सुनुवाइ विना नै ४० वर्ष भारतीय जेलमा बिताएका थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार