अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २३, बिहीबार ०८:१९

२३ मंसिर,काठमाण्डौ ।देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।हाल देशमा उल्लेखनीय मौसमी प्रणाली भने नरहेको महाशाखाको भनाई छ ।

यतिबेला देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने अन्य भू भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकाको तापक्रम ६ दशमलब ८ डिग्रि सेल्सियस मापन गरिएको छ । सबैभन्दाकम तापक्रम जुम्लामा माईनस ३ दशमलब ५ डिग्रि तापक्रम रेकर्ड भएको छ ।

बिहान ६ बजेर ४२ मिनेटमा झुल्किएको घाम बेलुका ५ बजेर ९ मिनेटमा अस्ताउनेछ । यसैबिच आज दिउँसो प्रदेश नं १ को भू–भागमा आंशिक देखि सामान्य बदली, बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा महाशाखाको भनाई छ। प्रदेश नं १ को पहाडी भु–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै आज राती प्रदेश नं १ र प्रदेश नं २ को भू–भागमा आंशिक देखि सामान्य बदली, बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र प्रदेश नं २ का भु–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार