अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २२, बुधबार २१:०३

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले शुक्रबारदेखि सुरू हुने १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार बन्न चाहनेहरूको सूची तयार पार्न ९ जना नेतालाई जिम्मा दिएको छ ।

बुधबार बिहान प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले प्रदेशअनुसार आकांक्षीको सूची बनाउन नेताहरूलाई जिम्मेवारी दिएको हो ।

सुदूरपश्चिममा एनपी साउद र रमेश लेखक, कर्णालीमा पूर्णबहादुर खड्का र जीवनबहादुर शाहीले आकांक्षी मिलाउने जिम्मा पाएका छन् । यस्तै, लुम्बिनीमा बालकृष्ण खाण, गण्डकीमा गोपालमान श्रेष्ठ, बाग्मतिमा प्रकाशशरण महत, प्रदेश २ मा रमेश रिजाल तथा प्रदेश १ मा ज्ञानेन्द्रबहादुर कार्कीले जिम्मेवारी पाएका छन् ।

कांग्रेस महाधिवेशन शुक्रबारबाट सुरू हुँदैछ । महाधिवेशनमा संस्थापन पक्षबाट शेरबहादुर देउवा अध्यक्षमा लड्दैछन् भने संस्थापनइतर समूह साझा उम्मेदवार तय गर्ने कसरतमा छ ।

कांग्रेसमा १६७ सदस्यीय केन्द्रीय समिति छ । त्यसमध्ये ३३ जना मनोनित हुन्छन् भने १३४ जना चुनावी प्रतिष्पर्धाबाट आउँछन् । १३४ मध्ये ३५ जना खुला केन्द्रीय सदस्य हुन्छन् भने बाँकी ९९ जना विभिन्न कलस्टरबाट छानिन्छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार