अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २२, बुधबार १३:१३

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेद्वार चुन्न छलफललाई तिब्रता दिएको छ । बतिसपुतलीमा आज विहान बसेको छलफल पनि सकिएको छ । छलफल पछि नेताहरुले साझा सम्ममा उम्मेदवार टुंगो लगाउने बताएका छन् । दिउँसो तीन बजे चाक्सीबारीमा केन्द्रीय सदस्य र सभापतिका आकांक्षीहरुबीच छलफल हुने बताईएकोछ ।

आज बेलुकीसम्ममा साझा उम्मेद्वारको टुङ्गो लगाउने नेता पौडेलले बताए । आफू पक्षीय केन्द्रीय सदस्य, प्रदेश सभापति, प्रदेश सभापतिका प्रत्यासी, जिल्ला सभापति र पूर्व जिल्ला सभापतिसँग परामर्श गरी साँझसम्म एकमात्र उम्मेदवार घोषणा गर्ने पौडेल समूहको तयारी छ । तर अहिलेसम्म साझा उम्मेदवार कसलाई बनाउने भन्नेमा टुंगो लाग्न सकेको छैन ।

वरिष्ठ नेता पौडेल र महामन्त्री शशांक कोइरालाले साझा उम्मेदवार बन्ने अवस्थामा सभापतिको दाबी छोड्ने बताउनुभएको छ भने नेता प्रकाशमान सिंह र शेखर कोइराला आफू बाहेकको हकमा सहमति गर्ने पक्षमा देखिनुभएको छैन ।

यसअघि हिजो भएको छलफलमा कसलाई साझा उम्मेद्वार बनाउने भन्नेबारेमा टुङ्गो नलागेपछि आज फेरि बैठक बस्ने तयारी भएको हो । संस्थापन समूहबाट सभापति शेरबहादुर देउवा फेरि पनि सभापतिमा उठ्ने तयारीमा हुनुहुन्छ । उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उमेदवारी घोषणा गरिसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार