अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २२, बुधबार ११:४७

रामभरोसि यादब
सिरहा, २२ कात्तिक – मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले निश्चित राजनितिक दलको चाहानापुरा गर्ने र आफुलाई बदनाम गर्ने नियतसहित विभिन्न सञ्चार माध्यमहरुमा भ्रामक समाचार सम्प्रेषण भएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । जिल्ला सरकारी वकिल कार्यलयले नगरपालिकाको नाममा जारी गरेको विषयलाई व्यक्तिमा जोडेर बदनियत पूर्वक दलिय प्रभावमा समाचार लेखिएको मेयर यादवको भनाई छ ।

मेयर यादवले जिल्ला वकिल कार्यलयलबाट जारी भएको पक्राउ पूर्जि सञ्चार माध्यमसम्म पुगेको प्रति पनि खेद व्यक्त गरे । उनले आफूले गरेका कामबाट औडाहा भएकाहरुले नियोजित ढङ्गले बदनाम गर्ने गरी सञ्चार माध्यम पनि प्रयोग गरेको आरोप लगाए ।

मेयर यादवले विपक्षी दलले सानो घटनालाई उछाल्नु, घटनालाई बङ्याएर सत्तामा सत्ताधारीको विरोधगर्नु, राजनीतिमा सामान्य विषय भएको बताए । दलहरुले लगाएको आरोप र वहकावमा विषय नबुझि, विषयको गम्भिर अध्ययन नगरी निश्चित राजनीतिक स्वार्थ शिद्ध गर्ने कार्यमा सञ्चारमाध्यम प्रयोग भएको उनले आरोप लगाएका छन् ।

उनले घटनाबारे जानकारी दिंदै गत २०७६ चैत्र २४ गते मिर्चैया नगरपालिका वडा नं २ मलहनियाँखोरी वडा कार्यालयमा कोरोना भाइरस महामारीमा गरिब, दलीत, विपन्न र वेरोजगार नागरिकलाई नगरपालिकाबाट जनप्रतिनिधि तथा कर्मचारीसहितको टोलीले राहत वितरणको क्रममा जनप्रतिनिधि तथा कर्मचारीमाथि स्थानीय उच्छृङ्खल गतीविधिमा लागेका समुहबाट हुलहुज्जत र ढुङगामुडा समेत प्रहार गर्ने कार्य भएका बताए ।

सो कार्यको स्थानीय जनताहरुले प्रतिकार गर्दा निजहरु भाग्ने क्रममा लडदा केहीव् यक्तिको हात–खुट्टा लगायतमा चोट पटक लाग्नपुगेको उनले जानकारी दिए । सोही विषयलाई राजनीतिक रङ्गदिएर वडा अध्यक्ष, नगर प्रमुख लगायतलाई विपक्षीवनाई ज्यानमार्ने मुदामा दर्ता गराएको उनले बताए ।

त्यहि विषयमा नगरपालिकासहितलाई लगाएको मुद्दालाई नितान्त व्यक्तिगत जस्तो देखाएर आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको बताए। ज्यान मार्ने उद्योगमा झुठा मुद्दा लगाइएको मेयर यादव लाई जिल्ला अदालत सिरहाले सोमबार थुनछेक बहस पछि ३० हजार धरौटीराखेर मेयर श्रवण यादव समान्य तारिख पाएका छन ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार