अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २२, बुधबार १०:१८

काठमाडौं । सरकारले हिमाली जिल्लाका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । पहिलो चरणमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको मोडेर्ना खोप लगाउने तयारी गरेको स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप शाखा प्रमुख डा सागर दहालले बताउनुभयो ।

उहाँका अनुसार हिमाली जिल्लाका बालबालिकालाई मोडेर्ना खोप लगाउने बारेमा आज छलफल गर्ने तयारी छ । कोभ्याक्स सुविधामार्फत एक लाख ८८ हजार डोज मोडेर्ना खोप नेपाल आइपुगेको छ । आउँदो हप्ता ३४ लाख मात्र खोप नेपाल आइपुग्ने भएकाले १२ वर्षमाथिका बालबालिकालाई खोप लगाउने योजना रहेको उहाँको भनाइ छ ।

यसैबीच नेपालमा हालसम्म ८७ लाख बढीले कोरोना भाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म ८७ लाख ८० हजार ४३३ जनाले पूर्ण मात्रा खोप लगाएका हुन् । यस्तै १ करोड ५० लाख ४ हजार ७ सय ६४ जनाले पहिलो मात्रा खोप लगाएका छन् । पहिलो र दोस्रो मात्रा गरी हालसम्म १ करोड ९२ लाख ८५ हजार १ सय ९७ जनाले खोप लगाइसकेको मन्त्रालयको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार