अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २२, बुधबार १०:०५

काठमाडौं । विश्वभर कोरोना भाइरसको सङ्क्रमण निको हुनेको संख्या २४ करोड नाघेको छ । यो खबर तयार पार्दासम्म २६ करोड ७३ लाखभन्दा धेरैमा कोरोना पुष्टि भएको वल्डोमिटरले जनाएको छ । जसमध्ये २४ करोड ७ लाखभन्दा धेरै मानिस निको भएका छन् । यस्तै ५२ लाख ८५ हजारको भने मृत्यु भएको छ ।

गत २४ घण्टामा मात्रै विश्वभर ५ लाख ९१ हजारभन्दा धेरै सङ्क्रमित थपिएका छन् । ४ लाख ७३ हजारभन्दा धेरै निको हुँदा ७ हजारभन्दा बढीको भने मृत्यु भएको छ ।

यसैबीच कोरोनाको नयाँ स्वरुप ओमिक्रोन यसअघिको डेल्टा भेरियन्टभन्दा धेरै सङ्क्रामक रहेको अध्ययनले देखाएको छ । बेलायतमा गरिएको अध्ययनले ओमिक्रोन एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने देखाएको हो । तर यसले मानिसलाई कति विरामी पार्छ भन्नेबारेमा भने अध्ययन हुनै बाँकी रहेको बीबीसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार