अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २१, मंगलवार १७:३४

काठमाडौं – अखिल नेपाल महिला संघ समाजवादीले १६ दिने महिला हिंसा विरुद्धको दिवसका अवसरमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । महिलामाथिको हिंसा र हेर्ने दृष्टिकोण अझैपनि नबदलिएको भन्दै संघले हिंसाविरुद्धको आन्दोलनमा सहभागी हुन सबैमा अपिल गरेको हो ।

कार्यक्रममा बोल्दै अनेमसंघका अध्यक्ष जयन्ती राईले हिंसा रोक्न हरेक व्यक्ति लाग्नुपर्ने बताइन् । ‘अहिले पार्टीको संगठनले मात्रै कार्यक्रम गरेको छ, अब हामी सरकारमा गएको गठबन्धन सबै मिलेर कार्यक्रम गर्छौ, देशब्यापी रुपमा गएर हिंसा विरुद्ध सचेतना फैलाउँछौ र हिंसा रोक्न पहल गर्छौ,’ उनले भनिन् ।

कार्यक्रममा अन्य वक्ताले पनि भाषणमा भन्दापनि कानूनको कार्यान्वयनमा जोड दिएर महिला हिंसा घटाउनुपर्ने बताइन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात महिला विरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोवल लिडरसीपको पहलमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समुहले गरेको थियो । त्यसपछि, हरेक २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा मनाउँदै आएको हो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार