अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २१, मंगलवार १२:४६

कौरव खत्री

बागलुङ २१,मंसिर ।

बागलुङ गलकोटको श्री लक्ष्मीनारायण मन्दिरमा पञ्चकुण्डीय हवनात्मक साङ्ग श्री लक्ष्मीनारायण महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सव धार्मिक महोत्सवमा सोमबार सम्पन्न भएको छ ।

गलकोट नगरपालिका ९ रिस्मी छिस दरबार स्थित लक्ष्मीनारायण मन्दिरमा धार्मिक महोत्सवमा नगद रु.३ करोड,४८ लाख आर्थिक सहयोग संकलन भएको महायज्ञ सम्पादन समितिका कोषाध्यक्ष यज्ञप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

५ करोड आर्थिक संकलन गर्ने लक्ष्य सहित धार्मिक महोत्सव गत मंसिर ६ गते देखि शुरु गरिएको धार्मिक महोत्सव सोमबार सम्पन्न गरिएको महायज्ञ समितिका सचिव ढगिन्द्र सापकोटाले जानकारी दिनुभयो ।

१५ दिनसम्म सञ्चालन गरिएको धार्मिक महोत्सवमा सँवा करोड बत्ती बाल्ने,सम्पूर्ण धर्म गुरुहरुको उपस्थित तथा सन्तहरुको कुम्भ मेला एंव दैनिक भजनकिर्तन,साँगतिक झाँकी सहितका साँस्कृतिक प्रस्तुतीहरु समेत सञ्चालन गरिएको थियो ।

महोत्सवको अन्तिम दिन अर्थात सोमवार पनि चन्दादाता सम्मान एंव विभिन्न क्षेत्रबाट महोत्सवलाई सहयोग पु¥याउनु हुने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

sdr

२०२५ सालमा स्थापना भएको महोत्सवमा संकलन गरिएको सहयोग रकमले लक्ष्मीनारायण मन्दिर जीर्णोद्धार एवं विविध सेवा सहितको दिव्यधाम बनाउने लक्ष्य रहेको महायज्ञ सम्पादन समितिका अध्यक्ष इन्द्रमणी सापकोटाले जानकारी दिनुभयो ।
धार्मिक महोत्सवले लक्ष्मीनारायण मन्दिरलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको वृद्धि विकासमा सहयोग पु¥याउने महायज्ञ सम्पादन समितिका उपाध्यक्ष नारायण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार