अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २१, मंगलवार १०:३३

जनकपुर । जनकपुरधाममा सप्ताहव्यापीरूपमा मनाइने रामसीता विवाहपञ्चमी अन्तर्गत आज मटकोर महोत्सव मनाइँदैछ । आज पाँचौ दिन गंगासागर पोखरीमा मटकोर कार्यक्रम हुुँदैछ । त्रेतायुगमा भगवान श्रीराम र सीताको विवाह भएको सम्झानामा जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव मनाइन्छ । यसअघि हिजो तिलकोत्सव सम्पन्न भएको छ ।

त्रेतायुगमा मिथिलाका राजा जनक र अयोध्याका भगवान् श्री रामका बुबा राजा दशरथबीच भएको सम्धी मिलनको दिनलाई स्मरण गर्दै विवाहपञ्चमीको चौथो दिन तिलकोत्सव मनाइने गरिन्छ । तिलकोत्सवमा दुलही पक्षको प्रतिनिधित्व गर्दै जानकी मन्दिरका छोटे महन्थ दासले पाहुर ‘भार’ दुलहा पक्षका प्रतिनिधित्व गरेका राम मन्दिरका महन्थ गिरीलाई हस्तान्तरण गरी सम्धी मिलन गरेका थिए ।

भोलि छैटौँ दिन विवाहपञ्चमीको मुख्य दिन जानकी मन्दिरमा वैवाहिक कार्यक्रम हुनेछ । यसअघि नगर दर्शन, फूलबारी लीला तथा धनुष यज्ञ सम्पन्न भइसकेको छ । सातौँ अर्थात् अन्तिम दिन बिहीबार रामकलेवा विधि सम्पन्न भएसँगै यस वर्षको विवाहपञ्चमी विधिवतरुपमा सम्पन्न हुनेछ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार