अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २१, मंगलवार १०:११

काठमाडाैं । साफ १९ वर्ष मुनिको महिला फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोली आज बङ्गलादेशका लागि प्रस्थान गर्दैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली टोली अपरान्ह १ : ४५ मा ढाकाका लागि प्रस्थान गर्ने बताएको छ । एन्फाले हिजो नै ढाका जाने महिला १९ वर्ष मुनिको टोलीलाई बिदाइ गरेको थियो ।

च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले २३ सदस्सीय टिमको घोषणा गर्नुभएको छ । च्याम्पियनसिप डिसेम्बर ११ देखि २२ तारिखसम्म ढाकामा आयोजना हुनेछ । प्रतियोगितामा पाँच टिमले सहभागिता जनाउनेछन् । आयोजक ब्गालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलङ्काले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले आफ्नो पहिलो खेल आयोजक बङ्गालदेशविरुद्ध डिसेम्बर ११ तारिखमा खेल्नेछ भने दोस्रो खेल श्रीलङ्काविरुद्ध १५ तथा तेस्रो खेलमा भुटानविरुद्ध १७ तारिखमा खेल्नेछ । राउन्ड रोविनका आधारमा हुने प्रतियोगिताको चौथो खेल नेपालले भारतविरुद्ध डिसेम्बर १९ मा खेल्ने तालिका रहेको छ । राउन्ड रोविन खेलपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।

फाइनल खेल डिसेम्बर २२ मा हुनेछ । नेपाली टोलीमा अन्जना राना मगर, सावित्री किशन, अंकिता राई, सलोनी राना मगर, सबिना चौधरी,मन्जु कुमारी खड्का, हिमा रावत, प्रतिक्षा चौधरी, सुष्मा तामाङ,रोजिना श्रेष्ठ, रजनी थोकर, विमला बिक, रश्मी कुमारी घिसिङ, सदिपा भोलान, चन्द्रा भण्डारी, खुश्मा राई, दिपा शाही, कुसुम खतिवडा, सबिता राना मगर, सरस्वती हमाल, प्रिती राई, अमिशा कार्की, मेनुका कुमारी आले मगर रहेका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार