अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २१, मंगलवार १०:०२

सिराहा । मिर्चैया नगरपालिकाका प्रमुख श्रवण कुमार यादवले आफुविरुद्ध झुटा मुद्धा लगाई फसाउन खोजिएको बताएका छन् । विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर यादवले जनताको पक्षमा काम गर्दा गैरराजनीतिक व्यक्तिहरूले आफुविरुद्ध षडयन्त्र गरेको आरोप लगाएका हुन् ।

उनले अहिलेको व्यवस्थाबाट प्राप्त अधिकारको दुरुपयोग गरि केहि व्यक्तिले आफुलाई फसाउन खोजेको बताएका छन् । आफु विरुद्ध जनतामा भ्रम सिर्जना गरिएको उनको भनाई छ । साथै उनले आफुले सधै निस्वार्थ भावनाले जनताको सेवा गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।

ज्यान मार्ने उद्योगमा दोषी रहेको भन्दै जिल्ला सरकारी वकीलको कार्यालय सिरहाले मंसिर ७ गते एक सुचना जारी गरी उनलाई पक्राउ गर्न निर्देशन दिएको थियो ।

राहत वितरणको क्रममा भएको एक विवादको मुद्दामा राजगिर यादवको जाहेरीले वादी नेपाल सरकारका प्रतिवादी शिब शकर कापरी समेत भएकाले ज्यान मार्ने उद्योग मुद्दामा उनिहरुलाई थप अनुसन्धान गर्न मुद्दा चलाउँनु पर्ने निर्णय गरिएको बताइएको छ । सोही मुद्दामा जिल्ला अदालत सिराहाले नगर प्रमुख यादवलाई २ रुपैयाँ जरिवाना गरिसकेको छ । सरकारी वकिलको कार्यालयले गत मंसिर ७ गते नैं एक सूचना जारी गरी उनलाई पक्राउ गर्ने निर्देशन दिएको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार