अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २०, सोमबार १२:४६

२० मंसिर,काठमाण्डो ।सैनिक हिरासतमा रहेकी म्यानमारकी प्रजातन्त्रबादी नेतृ आङ सान सुकीलाई ४ बर्षको जेल सजाँय सुनाईएको छ ।

कोभिड–१९ प्रोटोकलको उल्लंघन र उक्साउने अभियोगमा परेको मुद्धाको सुनुवाईका क्रममा सुकीलाई दोषी ठहर गर्दै ४ बर्षको जेल सजाँय सुनाईएको एक सरकारी प्रबक्ताले बताएका छन ।सुकी बिरुद्ध सैनिकले एक दर्जन भन्दा बढी मुद्धाहरु दर्ता गरेको छ । जसमध्ये धेरै आरोपहरु भ्रष्टाचारसंग संबन्धित रहेका छन ।

राज्यको गोप्य ऐनको उल्लङ्घन, टेलिकमको गोप्य सुचना चुहावट लगाएतका मुद्धाहरु पनि उनी माथी लगाईएको छ । यी प्रमाणहरु जुटेको खण्डमा सुकीलाई आजीवन काराबास हुन सक्ने छ । गत फेब्रुअरी १ मा सेनाले सत्ता कब्जा गरेपछि हिरासतमा रहेकी आङ सान सुकीले भने आफु माथी लागेका सबै आरोप अस्वीकार गरेकी छिन ।

७६ वर्षीय सुकीले राजनीतिक भबिष्यको अन्त्य गर्न सेनाले जाल रचेको आरोप लगाएका छन ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार