अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २०, सोमबार १२:३८

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी विरुद्ध जाइलाग्नेलाई नछाड्ने चेतावनी दिएका छन् । प्रेस चौतारी नेपाल चितवनले गरेको पत्रकार सम्मेलनमा नेता भट्टराई एमाले र गैँडाको प्रवित्ति उस्तै रहेकाले जाइलाग्नेलाई नछाड्ने चेतावनी दिएका हुन ।

‘एमाले र गैँडामा केही समानाता भएरै गैँडा छानेको हो,’ उनले भने, ‘गैँडा यति सज्जन हुन्छ कि उ उसको त्यसलाई जिस्क्याउनुहुन्छ, हिर्काउन थाल्नुहुन्छ, त्यसले तपाईंलाई छोड्दैन, लेखट्छ, एमाले त्यस्तै छ,’ उनले थपे, ‘एमाले शान्त छ, आफ्नो बाटोमा छ, आफ्नो भिजनमा छ । जब एमालेमाथि जाइलाग्नुहुन्छ, तब एमालेले छोड्दैन, गैँडासँग हाम्रो यो समानता छ ।’

उनले चितवनमा भएको महाधिवेशनबाट एमाले एकतावद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेको फर्केको दाबी गरे । उनले क्रिकेट खेलको उदाहरण दिँदै आफुहरुलाई एक–दुई रन लिने सुविधा नरहेकाले चौका, छक्का नै हान्ने बताए ।

‘शक्ति आर्जन गरेर चितवनबाट फर्केको छ । अब त्यसको आउटपुट चुनावमा आउँछ , एमालेको बहुमत नै हो । एक–दुई रन लिने सुविधा छैन, चौका, छक्कानै हान्नुपर्छ । हाम्रा व्याट्सम्यानहरु मैदानमा छन्, अब चौका छक्का हान्ने हो,’ क्रिकेट खेलको उदाहरण दिँदै उनले थपे, ‘एकदिवसीय वा लामो सिरिजको खेल होइन, यो ट्वान्टी ट्वान्टी हो, छिटो हानिन्छ, छिटो जितिन्छ । त्यसैले दर्शकलाई त्यो मजा दिन्छ । अब एमालेले आफ्ना ब्याट्सम्यानहरु निकालिसक्यो, सेकेण्ड इनिङकोअब सुरु भैसक्यो ।’

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार