अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २०, सोमबार १०:५१

कौरव खत्री
बागलुङ २० मंसिर । गलकोट माद्यमिक विद्यालय गलकोट नगरपालिका वडा नम्वर ३ मा राष्ट्रिय सेवा दल एनसिसिको ३५ दिने तालिम आइतवार देखि सुरु भएको छ । नेपाल सरकारको राष्ट्रिय सेवा दल एनसिसि कार्यक्रम अन्तर्गत श्री मेहर गण गुल्म घोडावाँधेको समन्वयमा गलकोट माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दल एनसिसिको ३५ दिने तालिम सुरु गरिएको हो ।

कार्यक्रममा श्री मेहर गण गुल्म घोडावाँधेका प्रमुख सेनानी देवदत्त श्रेष्ठले जुनसुकै मानिसको चरित्र सवैभन्दा ठुलो विषय भएकाले तालिममा सहभागी सम्पुर्ण विद्यार्थीहरुलाई अनुशासित तरिकाले तालिममा सहभागी हुन आग्रह गर्नुभयो

साथै श्रेष्ठले तालिम सफलता पूर्वक सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताउदै तालिममा सिकेका कुरालाई विद्यार्थीहरुले विभिन्न माध्यमवाट राम्रो ठाउँमा स्थापित गदै व्यवहारमा लागू हुने कुरामा समेत आफु आशावादी रहेको वताउनुभयो ।

साथै कार्यक्रममा गलकोट नगरपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख रुद्र नारायण सापकोटाले तालिम सञ्चालनका लागि गलकोट नगरपालिकाले सक्दो सहयोग गर्ने वताउँदै तालिमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

तालिममा गलकोट माध्यमिक विद्यालयको कक्षा ८ र ९ मा अध्ययनरत शारीरिक अवस्था तन्दुरुस्त भएको,खेलकुदमा रुचि,गित संगितमा रुचि भएका ३६ जना छात्र छात्राहरुको सहभागिता रहेको छ । साथै उनीहरुलाई १० लाख वरावरको तालिममा आवश्यक पर्ने पोशाक तथा सामग्रीहरु समेत वितरण गरिएको थियो ।तालिम दैनिक विहान ७ वजेदेखि ९ वजेसम्म सञ्चालन हुने जनाईएको छ ।

३५ दिनसम्म सञ्चालन हुने उक्क्त तालिमको जमदार पे्रम वहादुर क्षेत्री, अमलदार रामकृष्ण श्रेष्ठ,प्यूठ सोम वहादुर भुजेल र दिपक छन्त्यालले प्रशिक्षण गर्ने जनाईएको छ ।

कार्यक्रम गलकोट माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष विरजंग भण्डारीको अध्यक्षता तथा जमदार प्रेम वहादुर क्षेत्रीको स्वागतसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने विद्यालयका सहायक प्रधानाध्यापक राम वहादुर खत्रीले गर्नु भएको थियो ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार