अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २०, सोमबार ०८:५२

काठमाडौं । नेकपा एमालेले १० औँ महाधिवेशनमा पराजित नेतालाई व्यवस्थापन गर्ने बारेमा अनौपचारिक छलफल सुरु भएको छ । एमालेको गत मङ्गलबार सम्पन्न दसौँ महाधिवेशनमा नेताहरू भीम रावल, भीम आचार्य, घनश्याम भुसाल लगायत पराजित भएपछि पार्टीमा समावेश गरी अघि बढ्ने भन्ने बारेमा अनौपचारिक छलफल भइरहेको उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिनु भएको छ ।

महाधिवेशनबाट पदाधिकारीमा पराजित नेतालाई केन्द्रीय कमिटीमा ल्याउन स्वतः उम्मेदवारी दिएको मानिने व्यवस्था एमालेमा छ । तर अध्यक्षको प्रतिस्पर्धामा रहनुभएका नेता रावलले आफ्नो उम्मेदवारी केन्द्रीय समितिमा नरहेको दावी गर्दै केन्द्रीय सदस्यमा रहन मान्नुभएको छैन । उहाँलाई पनि कसरी समेट्ने भन्ने बारेमा छलफल भइरहेको ज्ञवालीले बताउनुभयो । एमाले नेताहरूका अनुसार पराजित भएका उम्मेदवारलाई स्थायी कमिटीमा समेट्ने बारेमा पनि छलफल भइरहेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार