अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २०, सोमबार ०८:०७

काठमाडौं । सोमबार देशभरको मौसममा सामान्य देखि आंशिक बदलीको सम्भावना रहको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

बिहान देशको सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । भने सोमबार दिउँसो सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही वाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।

सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।साथै ति प्रदेशको उच्च पहाडी तथा हिमाली भु–भागहरूका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । साथै सोमबार राती देशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रही वाँकि भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

कर्णाली प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा प्रदेश १, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भु–भागको केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार