अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर १९, आईतवार १३:२२

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाक्रीले धाप ड्याम र नाग्मती ड्यामको अवलोकन तथा निरीक्षण गरेकी छिन् । मन्त्रालयका सचिव, उपसचिव, आयोजना प्रमुख र सरोकारवाला टिम सहित उनले भ्रमण गरेकी हुन् ।

एसियाली विकास बैँकको सहयोगमा निर्माणाधीन धाप ड्यामको लागत भने ४५ करोड रहेको छ । त्यसैगरी, यो ड्यामबाट प्रतिसेकेन्ड ४० लिटर पानी उत्पादन गर्न सकिने वाग्मती सभ्यता एकीकृत विकास अधिकार सम्पन्न समितिका अध्यक्ष उद्धव तिल्सिनाले जानकारी दिए । साथै उक्त योजना आगामी २ महिनाभित्र सम्पन्न भएर सञ्चालनमा आउने पनि उनको भनाई थियो ।

त्यसैगरी, मन्त्री झाँक्रीले नाग्मती ड्यामको पनि अवलोकन गरेकी हुन । १० अरबको अनुमानित लागत लागेर बन्ने उक्त परियोजना बनाउन आफूहरु सकारात्मक भएको पनि मन्त्री झाँक्रीले बताएकी छिन । साथै उक्त परियोजना निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि पनि मन्त्रालय जिम्मेवार रहने उनले बताईन ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार