अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर १९, आईतवार ११:२५

१९ मंसिर,काठमाण्डौ । काठमाडौंको थापाथलीमा आज बिहान मिनी टिपरले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । थापाथलीबाट त्रिपुरेश्वतर्फ जाँदै गरेको बा २ ख ७३ २७ नम्बरको मिनी टिपरले त्रिपुरेश्वरबाट थापाथलीतर्फ आउँदै गरेको बा २४ प ९३ ५९ नम्बरको स्कुटरलाई आज बिहान पौने ६ बजे ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोकको पनौतीका १९ वर्षीय सुजन सापकोटा ज्यान गएको प्रहरीले जनाएको छ ।

गम्भिर घाईते सापकोटाको उपचारका क्रममा नर्भिक अस्पतालमा ज्यान गएको हो । स्कुटरमा पछाडी सवार २२ वर्षीय आशिष हुमागाईंको नर्भिक अस्पतालममै उपचार भइरहेको छ ।टिपर चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार