अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर १९, आईतवार १०:२१

काठमाडौं । भारतमा कोरोनाको ओमिक्रोन फेला परेसँगै निगरानी बढाइएको छ । पहिलोपटक भारतको कर्नाटक राज्यमा दुई जनामा देखा परेको कोरोनाको ओमिक्रोन स्वरुप थप २ जनामा पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । विदेशबाट आएका नागरिकहरूमा कोरोनाको नयाँ स्वरुप ओमिक्रोन हुन सक्ने जोखिमकाबीच भारत सरकारले अन्तर्राष्ट्रिय हवाई क्षेत्र, विभिन्न नाका र चेकपोष्टहरूमा कडाई गरेको छ ।

यसैबीच, भारतको राजधानी दिल्लीमा ओमिक्रोनको आशङ्कामा १५ जना व्यक्तिलाई आइसोलेसनमा राखिएको छ । ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र बाँकी ६ जनामा खोकी लाग्ने समस्या देखिएको भारतीय अधिकारीहरूले बताएका छन् । कोरोना पुष्टि भएका ९ जनामा ओमिक्रोन हो वा होइन भन्ने विषयमा अझै पुष्टि हुन बाँकी रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । हालसम्म भारतको गुजरात, महाराष्ट्र र कर्नाटकमा कोरोनाको ओमिक्रोन फेला परिसकेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार