अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर १९, आईतवार १०:१२

काठमाडौं । आज महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस, नेपालमा विभिन्न कार्यक्रम गरी दिवस मनाँदैछ । स्वास्थ्य क्षेत्रमा सामुदायिक स्वास्थ्य स्वयंसेविकाले गरेको योगदान र उनीहरूको सम्मानमा यो दिवस मनाइँदैछ । नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका अनुसार हाल देशभर ५१ हजार ४ सय २३ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् ।

उनीहरूले पाउने वार्षिक भत्ता, पोशाक खर्चहरूरु स्थानीय तहमा पठाउने गरेको महाशाखाका जनस्वास्थ्य अधिकृत अनिषा अर्यालले बताउनुभयो । सरकारले प्रति महिला स्वास्थ्य स्वयंसेविकाका लागि वार्षिक पोशाक खर्च १० हजार, यातायात खर्च १२ हजार उपलब्ध गराउँदै आएको छ ।

दिवस मनाउनका लागि प्रति गाउँपालिकालाई १०, नगरपालिकालाई १५, उपमहानगरलाई २० र महानगरपालिकालाई २५ हजार उपलब्ध गराउने गरेको छ । यस वर्ष काठमाडौं र भक्तपुरबाट १० जना महिला स्वयंसेविकालाई सम्मान गर्न लागिएको अर्यालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार