अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर १९, आईतवार ०९:४३

काठमाडौं । चिकित्सकहरूले दक्षिण अफ्रिकामा फेला परेको कोरोनाको नयाँ परिवर्तित स्वरुप ओमिक्रोनको जोखिमबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालन गर्न सुझाव दिएका छन् । सरुवारोग विशेषज्ञ डा.शेर बहादुर पुनले कोरोना महामारीको पहिलो र दोस्रो चरणको लहरको क्रममा जसरी स्वास्थ्य सावधानी अपनाइयो त्यसरी नै यसलाई आफ्नो जीवनभर लागु गर्नुपर्ने सुझाव दिनुभयो ।

उहाँले नेपालमा कोरोनाको ओमिक्रोन भित्रिनुमा भारतसँगको खुला सीमानाका प्रमुख कारणमध्येको एक रहेको हुँदा उच्च सतर्कता र सावधानी अपनाउनुपर्ने बताउनुभयो । उहाँले भारतमा कोरोनाको नयाँ स्वरुप ओमिक्रोन फेला परिसकेको र एकपछि अर्को गर्दै विभिन्न राज्यमा फैलिन थालेकाले खुला सीमा नाकाबाट नेपालमा पनि ओमिक्रोन प्रवेश गर्ने जोखिम उच्च हुँदा सम्बन्धित सबैले विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो ।

हालसम्मको अवस्थालाई हेर्ने हो भने भारतमा कोरोना महामारीले तिव्रता पाएसँगै नेपालमा पनि जोखिम उच्च हुने गरेकोले सर्वसाधारण नागरिक, स्थानीय सरकार र सम्बन्धित सबैले आ–आफ्नो क्षेत्रबाट सावधानी अपनाउने र कडाई गर्नुपर्ने उहाँको भनाइ छ । डा.पुनले हालसम्म ओमिक्रोन भाइरस कतिसम्मको खतरनाक छ र यसले कोरोनाविरुद्धको खोपमा कसरी काम गर्छ भन्ने विषयमा ठोस अध्ययन नभइसकेकाले अहिले नै यो भाइरसको विषयमा केही भन्न नसक्ने पनि उल्लेख गर्नुभयो । साथै कोरोनाविरुद्धको खोप बनिसकेकाले अनिवार्य खोप लगाउन पनि उहाँले सुझाव दिनुभयो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार